Tuesday, 14 August 2018 07:24 pm, Nepal

विमान दुर्घटनामा चालक दलका दुबै सदस्यको मृत्यु

मेचीकाली : 2018-05-16 13:19:27


सुर्खेत, २ जेठ :

सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हँुदा चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । उक्त कार्गाे जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

मकालु एअरको 9N–AJU C208B (Cssana) एकल इन्जिनयुक्त वायुयान सिमिकोट विमानस्थलबाट ७ दशमलब ७ नटिकल माइल दक्षिण–पूर्व खार्पुनाथ गाउँपालिकामा सिमिकोट पास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

उक्त विमान सुर्खेत विमानस्थलबाट बिहान ६ः१२ बजे सिमिकोट विमानस्थलका लागि उडेकोमा ६ः२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएपछि सम्पर्कविहीन भई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु