Tuesday, 21 August 2018 07:52 am, Nepal

मकालु एयरलाइन्सको जहाज सम्पर्क विहीन

मेचीकाली : 2018-05-16 08:43:18


खोजीका लागि टोली परिचालन
काठमाडौं, २ जेठ :

सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरलाइन्सको जहाज हराएको छ । बिहान करिब सवा ६ बजे उडेको जहाज सम्पर्क बिहीन भएको विमानस्थल कार्यालयले जनाएको छ । आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो ।

तर २ घण्टा वितिसक्दा पनि सम्पर्कमा नआएको मकालु एयरको काठमाण्डु कार्यालयले जानकारी दिएको छ । थप अवस्था बुझ्न हेलिकोप्टर पठाइसकेको छ । मकालु एयरका कर्मचारी उत्सब पाण्डेका अनुसार ९ एन एजेयु कल साइन भएको जहाजमा चालकदलका २ सदस्य मात्रै थिए । क्याप्टेन किरण भट्टराई, एयरलाईन्स क्याप्टेन फिजु नेपाली रहेको मकालु एयरले जानकारी दिएको छ ।  मकालुसँग २ वटा सिंगल इन्जिन भएको जहाज थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु