Wednesday, 20 June 2018 01:56 am, Nepal

प्रदेशसभा सदस्य लामिछानेको निधन

मेचीकाली : 2018-05-14 15:01:30


भक्तपुर, ३१ वैशाख :

प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको आज दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ । विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मनुभएका ५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको हो ।

आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई मस्तिष्कघात भएको डाक्टरले पुष्टि गरेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (ख) नेकपा (एमाले) बाट निर्वाचित हुनुभएका लामिछाने नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका सचिवसमेत हुनुहुन्थ्यो । उहाँको श्रीमती, एक छोरा र तीन छोरी छन् ।

आज अपराह्न ४ः३० बजे उहाँको पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि दुई घण्टा राखेर साँझ अन्तिम संस्कार गरिने नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु