Tuesday, 21 August 2018 07:53 am, Nepal

१० करोड लगानीमा होटल क्रिस

मेचीकाली : 2018-05-13 15:52:54


नवलपरासी, ३० वैशाख :

पूर्व नवलपरासीको देवचुलीमा अत्याधुनिक सुविधासम्पन्न होटल क्रिस सञ्चालनमा आएको छ । करीब रु १० करोड लगानीमा निर्माण गरिएको सो होटल सम्भवतः जिल्लामा सबैभन्दा बढी आर्थिक लगानी गरिएका होटलमध्येमा पर्छ ।

पूर्व–पश्चिम लोकमार्गले छोएको देवचुली–१४ दलदलेमा खोलिएको सो चारतले अत्याधुनिक सुविधासम्पन्न होटलमा लिफ्टको प्रयोग गरिएको छ । होटलमा २८ वटा अति सुविधासम्पन्न डिलक्स कोठा, डाइनिङ हल, सेमिनार हल रहेको होटल सञ्चालक अरुणविक्रम थापाले बताउनुभयो ।होटल व्यवसायमा हामी नयाँ आयाम थप्दै समग्र नवलपुरको सम्भावित पर्यटन क्षेत्रलाई अघि बढाउन चाहन्छौ, उहाँले भन्नुभयो । निकट भविष्यमा एक हप्तासम्मको विभिन्न प्याकेजमा जंगल सफारी, डुङ्गा सयर, देवचुलीडाँडा पैदलयात्रालगायत कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै लगिने होटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु