Friday, 17 August 2018 10:30 pm, Nepal

सीप नसिकी विदेश जान नपाउने नीति बन्दै

मेचीकाली : 2018-05-08 09:00:41


काठमाडौं, २५ वैशाख :

सरकारले अदक्ष नेपाली नागरिक वैदेशिक रोजगारीमा जान नपाउने गरी नीति ल्याउने भएको छ । अदक्ष भएकै कारण नेपालीले पारिश्रमिक र सेवासुविधामा अरु मुलुकका नागरिकको तुलनामा विभेद सहनु परेका कारण सबैलाई सीपयुक्त बनाउने तयारी भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले म्यानपावर व्यावसायीले कायम राखेको एकाधिकार अन्त्यका लागि पनि गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले फ्रि भिषा, फ्रि टिकटका विषयमा सरकारले नयाँ ढंगले सोच्ने र कडाईका साथ कार्यान्वयनमा ल्याउने बताउनुभयो । कुनै पनि युवामा विदेशमा अलपत्र पर्नुपर्ने र काममा जानुअघि नेपालमा नै ठगिनुपर्ने अवस्था अन्त्य हुने उहाँले दावी गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु