Sunday, 27 May 2018 05:25 am, Nepal

काभ्रेको कोशीपारिमा क वर्गको बैंक

मेचीकाली : 2018-05-06 18:14:48


काभ्रे, २३ वैशाख :

काभ्रेका ग्रामीण क्षेत्रमा क बर्गका बणिज्य बैंकले आफ्नो शाखा स्थापना गरी सेवा दिन थालेका छन् । सोही क्रममा नेपाल बंगलादेश बैंकले जिल्लाको कोशीपारि क्षेत्रस्थित भुम्लु गाउँपालिकामा शाखा स्थापना भएको छ । लोकतन्त्र प्राप्तिको १२ वर्ष र स्थानीय निर्वाचनको एक वर्ष पछि गाउँमै क वर्गको स्थापना भएपछि नागरिकलाई सेवा दिन सहज भएको भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताए ।

गाउँमा बैंक आएपनि अब मालपोत र नापी कार्यालय आए स्थानीय सरकारले जनतालाई सेवा दिन सहज हुने उनले बताए । नेपाल बंगलादेश बैंकको ५६ औ शाखा जिल्लाको भुम्लु गाउँपालिकामा स्थापना भएपछि सदरमुकाम पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । गाउँपालिकाबाट सदरमुकाम जाँदा झण्डै ७ हजार खर्च हुने गरेको थियो । जिल्लामा भएका ६ वटा गाउँपालिका मध्ये क वर्गको बैक स्थापना भएको भुम्लु पहिलो हो ।

दोलालघाट बजारमा रहेका दुई बैकहरुले भुम्लु गाउँपालिकाका नागरिकहरुलाई सेवा दिन सकेका थिएनन् । शहरी क्षेत्रमा रहेको उक्त बैंकले भुम्लु गाउँपालिका १० वटा वडालाई समेट्न सकेको थिएन । स्थानीय सरकार निर्वाचित भएको एक वर्षसम्म बैक स्थापना हुन नसक्दा विकास निर्माण समेत प्रभावित भएको थियो ।

यो विषयका प्रतिक्रियाहरु

Bi Gi:May 9, 2018 05:20:15 PM

Kaha ho ni shakha kholeko sthan? Kun odako ko kun gau/tol?

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु