dashain
Wednesday, 17 October 2018 06:56 am, Nepal

शिक्षा अधिकारीविरुद्ध बलात्कार मुद्दा

मेचीकाली : 2018-04-24 13:23:49


बर्दिया, ११ वैशाख :

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् । उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् ।
विद्यालय छुट्टि भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप छ । फुपु खाना पकाउनका लागि भान्सामा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बहानामा दुव्र्यवहार गरेको आरोप छ । पढाउने बहानामा अंगालो हाल्ने, स्पर्श गर्नेलगायतका क्रियाकलाप गरेर जिशिअ नेपालले बालिकालाई दुव्र्यवहार गरेको आरोप छ । नेपालको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । उहाँका अनुसार नेपालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु