Thursday, 26 April 2018 04:03 am, Nepal

एमाले माओवादी विवाद मिलाउने जिम्मा दुबै पार्टीको अध्यक्षलाई

मेचीकाली : 2018-04-17 17:59:21


९ गते एकता नहुने
काठमाडौं, ४ वैशाख :

एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकतामा देखिएको विवाद मिलाउने जिम्मा दुवै पार्टीका अध्यक्षलाई दिएको छ । पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्र बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने बिषयमा भने समझदारी भएको छ ।

पार्टी एकता संयोजन समितिको आजको बैठकमा चुनाब चिन्हको बारेमा सहमति भएपनि बाँकी विवाद मिलाउने जिम्मा भने अध्यक्षलाई दिईएको रक्षामन्त्री तथा एमालेका महासचिव एवं संयोजन समितिका सदस्य तथा र्ईश्वर पोखरेलले जानकारी दिनुभयो । एकताका लागि ठूलो विवाद नभएको केही नमिलेका बिषय अध्यक्षले मिलाउने पनि उहाँले बताउनुभयो ।  दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता नै प्रतिवेदन बुझाएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु