Thursday, 26 April 2018 03:55 am, Nepal

तराईका जिल्लामा सिरुवा पर्व मनाईदै

मेचीकाली : 2018-04-15 10:06:30


काठमाडौं, २ वैशाख :

तराईका जिल्लामा आज बिहानैदेखि हर्षोल्लासमय वातावरणमा सिरुवा पर्व मनाइँदैछ । नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हाल्नु र सडक सरसफाइ गर्नु हो ।

सो अवसरमा आज बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहून्’ भनेर आशिष दिन जुटेका छन् । कसैसँग झगडा नगर्नु र शान्तिका साथ सोचेर कार्य गर्नुनै सो आशिषको मुख्य उद्देश्य हो । त्यसकारण, मैथिल समुदायले यस पर्वलाई ‘जुडशीतल पर्व’ पनि भन्ने गर्छन् । यसका साथै, बिहानैदेखि आ–आफ्ना आँगनबारीमा रहेका विभिन्न रुखको जरामा पानी हाल्नु, बाटाघाटोमा पानी छर्नु, इनार, सडकको नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको देखिन्छ ।

गर्मी महिनामा रुखमा पानीको अभाव हुन नदिन र वैशाख महिनामा हावा पनि चल्ने गरेकाले सडकमा धुलो नउड्न नदिनेका लागि पानी छर्कने गरिन्छ । यस कार्यको माध्यमबाट वातावरणलाई स्वच्छता प्रदान गर्नका लागि समाजमा सचेतना जगाउनुनै पर्वको मुख्य उद्देश्य रहेको देखिन्छ । यसका साथै, एक अर्कामाथि हिलो छ्याप्दै पर्व मनाउने गरिन्छ । टोलका मानिस भेला भएर इनार, कुलो र नालाको सरसफाइ गर्ने बेलामा खुसीयाली मनाउँदै हिलोसँग खेल्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु