Sunday, 27 May 2018 05:29 am, Nepal

सिरियामा अमेरिका, बेलायत र फ्रान्सको संयुक्त आक्रमण सुरु

एजेन्सी : 2018-04-14 18:58:00


अंकारा, १ वैशाख :

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ । समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरु सुनिएका छन् ।ती सैन्य आक्रमणहरुले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरुलाई लक्ष्य बनाएको देखिएको छ । शनिबारबाटै विशेषगरी सिरियाली राजधानीमा सुरु भएको यो आक्रमण अमेरिकी नेतृत्वमा सुरु भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेको जानकारी दिनुभएको छ । उहाँले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताउनुभयो ।

उहाँले आफूहरुलाई बेलायत र फ्रान्सले पनि साथ दिएको र संयुक्त सेनाले सो हमला गरेको बताउनुभएको छ । यी तीन देशका सेनाले संयुक्त रुपमा आक्रमण थालेका विश्वका सञ्चारमध्यमहरुले जनाएका छन् ।

आक्रमण शनिबार बिहानबाट मात्र सुरु भएकोले त्यसको क्षति र अन्य विवरणहरु भने प्राप्त भइसकेको छैन । तर दमास्कास वरपर सुनिएको ठूलो आवाज र आकासमा धुवाँको मुस्लोका कारण त्यहाँ ठुलो मात्रामा क्षति भएको अनुमान गरिएको छ ।

रासायनिक हतियार हमला गर्नेलाई कारबाही हुन्छ

यसैबीच सिरियाको राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटा क्षेत्रमा रासायनिक हतियारबाट हमला भएको हुनसक्ने अन्तर्रा्ष्ट्रिय विज्ञहरुले जनाएका छन् । विज्ञहरुका अनुसार उक्त गुटा तथा विद्रोहीहरुको कब्जामा रहेको भनिएको अर्काे क्षेत्र डुमामा पनि यस्ता हतियारहरुको आक्रमण भएको अनुमान गरिएका विवरणहरु आएका छन् । त्यस घटनाको अन्तर्रा्ष्ट्रिय स्तरमा नै निन्दा भइरहेको छ । साथै यसमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाहीका लागि संयुक्त राष्ट्रसंघलाई विशेष आग्रह गरिएको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्तो हमला आतंककारी सरह हो भन्दै यस्तो अविवेकी हमलाका लागि सिरियाली राष्ट्रपति बसर अल असद जिम्मेवार रहेका बताउनुभएको छ । यसका साथै उहाँले सिरियाली सरकारका साझेदारहरु राष्ट्रहरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरान पनि यसको दोषी हुन् भन्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले, यस्तो क्रुर कार्यका लागि सिरियाली सरकार र उनीहरुका सहयोगीहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिनुभएको समाचारमा जनाइएको छ । हालैमात्र भएका भनिएका गुटा र डुमाका यी हमलाका कारण सयौँ मानिसको ज्यान गएको बताइएको छ । ती क्षेत्रमा ठूलो संख्यामा बालबालिका पनि निकै क्रुर रुपमा भएको हमलाको शिकार बनेका छन् ।

सिरिया सरकारले ठूलो मात्रामा यस्ता हतियारको प्रयोग जारी राखेकोले उसले यसका लागि ठूलो मूल्य चुकाउनुपर्ने धारणा विश्व समुदाय र संयुक्त राष्ट्रसंघले पनि राख्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु