Tuesday, 24 April 2018 11:58 pm, Nepal

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

एजेन्सी : 2018-04-13 18:35:18


इस्लामावाद, ३० चैत :

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएका छन् । पाकिस्तानको सर्बोच्च अदालतले उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो । पाकिस्तानी संविधानको धारा ६२ अनुसार उनलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ ।
यस विषयमा सरिफको प्रतिक्रिया भने आइसकेको छैन । भ्रष्टाचारको आरोप लागेपछि उहाँले गत वर्ष सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । उनी झण्डै चार वर्षअघि तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री पदको सपथ लिइरहँदा ६७ वर्षीय सरिफले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु