Tuesday, 21 August 2018 07:55 am, Nepal

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

मेचीकाली : 2018-04-12 13:19:24


रसुवा, २९ चैत :

लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ । लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए ।

अहिले प्रहरी नायब उपरीक्षक शरत् कुमार थापा क्षेत्री हेलिकप्टरमा प्रहरी टोलीसहित घटनास्थलमा जानुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु