Wednesday, 25 April 2018 12:10 am, Nepal

प्रधानमन्त्री र सिञ्चाइ मन्त्रीले माथिल्लो तामाकोसी आयोजनाको स्थलगत निरिक्षण गर्ने

मेचीकाली : 2018-04-11 10:15:14


काठमाडौं, २८ चैत :

  प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरिक्षण गर्नुहुने भएको छ । प्रधानमन्त्री र उर्जामन्त्रीले स्वदेशी लगानीमा निर्माण भईरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको आज स्थलगत निरिक्षण तथा अवलोकन गर्ने कार्यक्रम तय भएको हो ।

निरिक्षण भ्रमणका लागि प्रधानमन्त्री ओली र उर्जामन्त्री पुन आज बिहान ९ बजे माथिल्लो तामाकोसी आयोजनास्थल पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री र उर्जामन्त्रीको साथमा चिनिया राजदुत यु होङ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, उर्जा सचिव र विद्युत प्राधिकरणका अधिकारीहरु संलग्न रहनेछन् । प्रधानमन्त्री र उर्जामन्त्रीले माथिल्लो तामाकोसीको विद्युत गृह लगाएतका मुख्य संरचनाहरुको स्थलगत निरिक्षण गर्ने र त्यसक्रममा तामाकोसी आयोजनाले प्रगति तथा वित्तिय विवरण प्रस्तुत गर्ने कार्यतालिका रहेको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।

स्वदेशी लगानीमा निर्माण भईरहेको ४ सय ५६ मेगावट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत र समय वृद्धि हुनुको कारणबारे प्रधानमन्त्री र उर्जामन्त्रीले विशेष चासो राख्ने बताईएको छ । प्रधानमन्त्री ओली र उर्जामन्त्री पुन माथिल्लो तामाकोसीको स्थलगत निरिक्षण लगत्तै काठमाडौँ फर्किने उर्जामन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिनुभयो । ३५ अर्व २९ करोड लागत अनुमान गरिएको माथिल्लो तामाकोसी आयोजनाको लागतमा भारी वृद्धि र समय निकै लम्विए पनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु