Thursday, 26 April 2018 03:57 am, Nepal

सिन्धुपाल्चोकका दुई स्थानमा दुर्घटना, ४ को मृत्यु

मेचीकाली : 2018-04-09 09:20:59


सिन्धुपाल्चोक, २६ चैत :

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरेको झिल्के मोड भन्ने ठाउँमा बोलेरो गाडी दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यू भएको छ । गयराति ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा १८ प ४६९९ नम्बरको बोलेरो गाडी सडक बाट करिब ३ सय ५० मिटर तल भिरमा खसेको थियो ।

दुर्घटनामा परि मुत्यूहुनेहरुमा चालक अन्दाजी ३५ वर्षिय ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षिय मोती अधिकारी र १२ वर्षिय कमल स्यङ्बोको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । बढी लोड बोकेका कारण मोडमा ब्रेक नलागेर गाडी दुर्घटना भएको इलाका प्रहरी कार्यलयका सइ श्रीराम केसीले जानकारी दिनुभयो ।
त्यस्तै हेलम्बु गाउँपालिका एक तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौँ बाट हेलम्बुको तिम्बुका लागी छुटेको ६३६५ नम्बरको हेलम्बु यातायातको बस गयराती साँढे १० बजे तिर बसपार्क तिम्बु नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि बसका सहचालक इन्द्रावती गाउँपालिका बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यू भएको इलाका प्रहरी कार्यलयका सइ श्रीराम केसीले जानकारी दिनुभयो । बसमा सवार चारजना घाइतेको उपचारका लागी रातीनै धुलीखेल अस्पताल पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु