Tuesday, 24 April 2018 11:56 pm, Nepal

बनेपामा मयुर !

मेचीकाली : 2018-03-22 17:37:57


सिण्डिकेटका पक्षधरको रुवाबासी
काभ्रे, ८ चैत :

भनेको समयमा गन्तव्यमा नपुग्ने समस्या अनि सधैं भीड र कोचाकोचको यात्रा  । बनेपाबाट काठमाडौं जाने सर्वसाधारणहरुले लामो समयदेखि बसमा यात्रा गर्दा यस्तै भोग्दै आएका थिए । तर, यही चैत १ गतेदेखि बनेपाबाट काठमाडौंसम्म सुविधानसम्पन्न बस सेवा सञ्चालनमा आएपछि धेरै सर्वसाधारणलाई काठमाडौं पुग्न सहज देखिएको छ ।नयाँ कम्पनी मयुर यातायातले चैत १ गते देखि बनेपाबाट आकर्षक प्याकेज सहित आफ्नो सेवा सुरु गरेको थियो । सेवा प्रभावकारी देखिएकै कारण मयुर यातायातमा सर्वसाधारणको आकर्षण बढ्दो छ ।

 मयुर यातायातले अपांग अशक्त र महिला सिट राखेको छ भने पहिलो पटक आमाबच्चा सिट राखेर बस सन्चालनमा ल्याएको छ । यस बसमा ७० वर्ष माथीका वृद्धवृद्धा र अपांग यात्रुले निशुल्क यात्रा गर्न पाउने छन् । मयुर यातायातको वसमा फ्रि वाईफाई र विद्यार्थीका लागी पनि सहुलियत रहेको जनाएको छ । मयुर यातायातकै बसमा चढेर काठमाडौं जाँदै गरेका ७७ वर्षिय टेक प्रसाद गौतमले नयाँ कम्पनीको सेवा सुविधाप्रति खुशी व्यक्त गरे । जेष्ठ नागरिकलाई निःशुल्क यातायात गराउने भएपछि गौतम मख्ख देखिन्थे ।

काभ्रेमा सन्चालित अन्य दुई समितिले बनेपाबाट रत्नपार्कसम्म सेवा दिदै आएका थिए तर मयुर यातायताले बनेपादेखि चक्रपथ परिक्रममा गर्ने भएकाले गाडी फेरिरहने झन्झटबाट समेत मुक्त भएको बताउँछन् यात्रु राजन प्रसाद दाहाल । मयुर यातायातले महिला सिट सँगसँगै आमाबच्चा सिट पनि सन्चालनमा ल्याएको छ । यसले गर्दा यात्रा गर्न झनै सहज भएको छ भन्छिन् अर्की सर्वसाधारण  नानीमाया दनुवार ।

अन्य समितिका बसमा भन्दा बढी र आधुनिक सुविधाले गर्दा नै यात्रुको आकर्षण मयुर यातायात प्रति बढेको छ । यसबाट वर्षौ देखि एकलौटी रुपमा बस सन्चालन गर्दै आएका काभ्रे वस ब्यवसायी समिति र काभ्रे मिनिबस सेवा समितिसहित भक्तपुरका केही समिति भने रुष्ट बनेका छन् । उनीहरुले मयुर यातायातलाई अवरोध गर्ने गरेको बताउँछन् मयुर यातायातका बस चालक अजय तामाडले बताए ।

मयुर यातायात प्रालिका उपाध्यक्ष चन्द्र लामाले भने अन्य यातायात समितिले अवरोध गरे पनि बस सेवा नरोक्ने बताएका छन् । आफूहरुमाथि लगाइएको सिण्डिकेट कुनै हालतमा मान्य नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु