Thursday, 26 April 2018 04:04 am, Nepal

उद्योग वाणिज्य संघमा शर्मा विजयी

मेचीकाली : 2018-03-19 13:40:00


पर्वत, ५ चैत :

पर्वत उद्योग वाणिज्य संघको आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा केदारनाथ शर्मा विजयी हुनुभएको छ । गए राति घोषणा भएको अन्तिम मतपरिणामअनुसार केदारनाथ शर्माले ८१५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४५७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै महिला सदस्यमा प्रमिला शर्मा र चन्द्रकला शर्मा विजयी हुनुभएको छ । संघका सदस्यमा ठाकुर बी पौडेल, रमेश शर्मा लामिछाने, सागर श्रेष्ठ, राजन गुरुङ, तिला गिरी ‘कृष्ण’, कमलबहादुर जिसी, सुनिल भुसाल, गणेश लामिछाने, राजनकुमार जोशी, शेरबहादुर चोचाङ्गी, कृष्णप्रसाद भुसाल, मीनप्रसाद शर्मा, विकास विश्वकर्मा, चित्रबहादुर अधिकारी गोपाल, नारायणप्रसाद पौडेल, मानसिंह भण्डारी, जगन्नाथ अधिकारी, कृष्णप्रसाद रेग्मी, दीपक अधिकारी र शिवशर्मा पौडेल विजयी हुनुभएको छ । विजयीमध्ये शिवशर्मा पौडेल, मानसिंह भण्डारी र राजनकुमार जोशी लोकतान्त्रिक गठबन्धनका उम्ेमदवार हुनुहुन्थ्यो भने अन्य सबै बाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो ।

अध्यक्षसहित २३ जनाको कार्यसमितिका लागि ४४ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु