Thursday, 26 April 2018 03:54 am, Nepal

सर्लाहीको हरिवनबाट एकै पटक ४ जना बालक वेपत्ता

मेचीकाली : 2018-03-19 08:48:16


सर्लाही, ५ चैत :

  सर्लाहीको हरिवनबाट एकै दिन ४ जना बालक हराएका छन् । हरिवन नगरपालिका ११ स्थित बजारको होटल लाईनका ४ जना बालक शनिवार दिउँसोबाट एक्कासी हराएका उनीहरुका अभिभावकहरुले बताएका छन् । हराउने बालकहरुमा संगीता गौतमकी ११ वर्षे छोरा सुमित गौतम, मालती लामाकी १३ वर्षे छोरा करुण लामा, पेमामाया लामाकी ११ वर्षिय छोरा संसार गोले र अर्का एक वालक १४ वर्पे कुमार मगर रहेका छन् ।

‘स्कुलबाट आए पछि उनीहरु नगरपालिका अगाडी सधैं सँगै खेल्थे, हामी होटलमा व्यस्त हुन्छौ ।’ सुमितको आमा संगीताले भन्नु भयो; ‘कहिल्यै हामीलाई नसोधी कतै जाँदैनथे तर यो पटक त हामीलाई केही नभनी कता गए कता’ उनीहरु बेलुका सम्म पनि घर नआए पछि आफन्त र छरछिमेकीलाई सोध्दा आफ्नो पनि छोरा घर नआएको बताएको उहाँले बताउनु भयो । ‘हामी चारै जनाले बालकको खोजी गरि दिन प्रहरीमा निवेदन दिएका छौं ।’
अर्का बालक करुण लामाको आमा मातली लामाले भन्नु भयो । उता ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले बालकहरुको खोजीका लागि सवै प्रहरी यूनिटहरुमा खवर गरि सकिएको जानकारी दिनु भयो । छिमेकी जिल्ला रौतहटमा महोत्सव लागि रहेकोले महोत्सवमा गएको हुन सक्ने भन्दै प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बालक हराए पछि तिनका अभिभावक भने चिन्तामा परेका छन् । उनीहरुले खोजी गरि दिन सवैलाई अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु