Thursday, 26 April 2018 03:54 am, Nepal

बैठक सञ्चालनको लागि नियमावली बनाउन गठित समितिले आजदेखि काम थाल्ने

मेचीकाली : 2018-03-19 08:47:09


काठमाडौं, ५ चैत :

प्रतिनिधिसभा बैठक सञ्चालनको लागि नियमावली बनाउन गठित समितिले आजदेखि काम थाल्ने भएको छ । बैठक सञ्चालनको लागि नियमावलि बनाउन प्रतिनिधिसभाले १३ सदस्यिय समिति गठन गरेको थियो । फागून २२ गतेको बैठकले समिति बनाएपनि समितिले काम गर्नमा भने ढिलाई गरेको छ । बिचमा, राष्ट्रपति, सभामुख, उपसभामुख, लगाएतको चुनाबमा खटिनुपरेकाले नियमावलि मस्यौदा समितिले काम गर्न नसकेको समितिका सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

 समितिलाई एक महिनाको समय दिईएको छ । समिति गठन भएको १२ दिन बितिसक्दा पनि समितिको पहिलो बैठक पनि बस्न सकेको छैन, समितिले समयमा नै काम सक्ने संभावना कम रहेको छ ।

समिति सदस्य पोखरेलले भोली दिउसो बैठक बसेर कार्यविधि तयार पार्ने र सकेसम्म बर्षे अबिधेशन अघि नै नै नियमावलि तयार पारिसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु