Thursday, 26 April 2018 04:04 am, Nepal

Update : काठमाडौंमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो

मेचीकाली : 2018-03-12 19:12:44


२२ जना घाइते
काठमाडौं, २८ फागुन :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज युएस बंगलाको एक विमान दुर्घटना हुँदा कम्तीमा पनि ४९ जनाको मृत्यु भएको छ । बंगलादेशको राजधानी ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा विमानस्थलमा दुर्घटना हुँदा अहिलेसम्म ४९ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए । उनकाअनुसार ४० जनाको विमानस्थलमै र ९ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

८ जनाको सिनामंगलस्थित केएमसी र एकजनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । दुर्घटनामा वरी पाइलटको पनि मृत्यु भएको छ । २२ घाइतेहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १६ जनाको केएमसीमा, चारजनाको नर्भिकमा तथा ग्रान्डी र ओम अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ । घाइतेमध्ये दुईजना सामान्य घाइतेमात्र रहेको र अरु घाइते अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ । विमानमा ६७ यात्री र चारजना चालकदलका सदस्य सवार रहेका थिए । तीमध्ये ३३ जना यात्री नेपाली रहेका थिए । यात्रीहरुमध्ये दुईजना बालबालिका, २८ जना महिला र ४१ जना पुरुष यात्री रहेको विमानस्थलले जनाएको छ ।

 सो विमान अवतरण गर्नेक्रममा ‘ओभरसुट’ भइ पूर्वतर्फको खोंचमा खसेर दुर्घटना भएको जनाइएको छ । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो । यद्यपि, विमानको आगो केही बेरमै नियन्त्रणमा लिइएको थियो । विमान दिउँसो २ बजेर १९ मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनाको केही घण्टापछि प्रधानमन्त्री केपी ओली घटनास्थल पुगेका थिए । उनले उद्धारलाई तीब्रता दिन निर्देशन दिनुका साथै दुर्घटनाको छानबीन गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु