Thursday, 26 April 2018 04:04 am, Nepal

न्यायिक समितिलाई सक्रिय बनाउन सरकारको रणनीतिक योजना

मेचीकाली : 2018-03-12 11:00:00


काठमाडौं, २८ फागुन  :

केन्द्रीय सरकार स्थानीय तहमा गठन भएका न्यायिक समितिलाई सक्रिय बनाउन  रणनीतिक योजना बनाएर अघि बढ्ने भएको छ । केन्द्रमा स्थानीय तहको सम्पर्क मन्त्रालयका रुपमा रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रणनीतिक योजनाका साथ अघि बढ्ने भएको हो ।

मन्त्रालयले नयाँ बर्षदेखी स्थानीय तहका न्यायिक समिति पुर्णतया सक्रिय बनाउने गरी रणनीतिक योजना बनाएर अघि बढेको मन्त्रालयका सचिव दिनेश थपलियाले बताउनुभयो । यसका लागि न्यायिक समितिका संयोजकलाई प्रशिक्षण दिने तयारी भइरहेको उहाँले बताउनुभयो ।

देशभरिका ७ सय ५३ स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको संयोजनमा गठित न्यायिक समिति व्यवस्थापन क्षमता तथा न्यायिक ज्ञानको अभावमा अपेक्षा अनुरूप प्रभावकारी बन्न नसकेका हुन् । संविधानको धारा २ सय १७ अन्तर्गत गठित न्यायिक समितिहरूलाई स्थानीय झैझगडा, साँध सिमाना, घरेलु हिंसा जस्ता विवादलाई खासगरि मेलमिलापमार्फत निरूपण गर्ने जिम्मा स्थानीय शासन सञ्चालन ऐनले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु