Wednesday, 25 April 2018 12:07 am, Nepal

आज १०८ औं अन्तराष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै

मेचीकाली : 2018-03-08 09:44:05


काठमाडौं, २४ फागुन :

आज मार्च ८, १०८ औं अन्तराष्ट्रिय महिला दिवस । विभिन्न कार्यक्रम गरी विश्वभर मनाइदैछ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदैछ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको नामले पनि यो दिवस मनाउने गरिन्छ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए ।

त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तराष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरे । जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो । त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग यो दिवस मनाउने गरेका छन् ।

नेपालमा यसवर्ष ‘आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण ः ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ नाराका साथ यो दिवस मनाइदैछ । दिवसका अवसरमा श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री थममाया थापा अध्यक्षताको मूल समारोह समितिले बिहान १० बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिस लगाएत मन्त्री तथा उच्च सरकारी अधिकारीहरुको सहभागिता रहने जनाइएको छ । त्यसअघि बिहान प्रभातफेरि गरिएको छ । बिहान साढे ७ बजे काठमाडौंको भृकुटिमण्डपमा भेला भइ शहिदगेट, रत्नपार्क हुँदै ¥याली शान्तिबाटीका पुगेर कोणसभामा परिणत भएको मन्त्रालयका प्रवक्ता तोयम रायले जानकारी दिनुभयो । दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु