Wednesday, 26 September 2018 03:08 pm, Nepal

दुर्घटनामा तीनको मृत्यु

मेचीकाली : 2018-02-27 16:47:57


सुर्खेत, १५ फागुन :

मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तबहादुर विक, शशिराम विक र नारायण खत्री रहेको जिल्ला प्रहरी सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । घाइतेको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु