Tuesday, 19 June 2018 04:10 pm, Nepal

पेरुमा बस दुर्घटनामा परी ४४ जनाको मृत्यु

मेचीकाली : 2018-02-22 13:56:25


लिमा, १० फागुन :

पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ ।लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।पेरु प्रहरीका क्षेत्रीय प्रमुख जनरल वाल्टर अर्टीजले मृत्यु भएकामध्ये ४३ जनाको घटनास्थलमै र अर्का एक जनाको भने अस्पतालतर्फ लैजादैगर्दा बाटोमा मृत्यु भएको पनि उहाँले बताउनुभयो ।गुडिरहेको बस झण्डै २०० मिटर तल खोँचमा खसेको थियो ।

यस दुर्घटनामा परेका अन्य ३४ जना घाइते भएका प्रहरी प्रमुख अर्टीजले जानकारी दिनुभयो । गम्भीर रुपमा रहेका अधिकांश घाइतेहरुलाई सरकारी सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।मङ्गलबार राती चाला सहरबाट छुटेको बस स्थानीय समय अनुसार दिउसो झण्डै बुधबार बिहानतिर दुर्घटना भएको हो ।

अरेक्विपातर्फ जादै गरेको बसमा सुरुमा ४५ जना यात्रु रहेको भए पनि बीच बाटोमा अरु यात्रुहरु पनि थपिएका थिए । तर कति यात्रु बीच बाटोबाट बसमा चढेका थिए भन्ने बारेमा भने यकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु