Tuesday, 19 June 2018 04:14 pm, Nepal

भारतमा सडक दुर्घटना सातको मृत्यु, २४ घाइते

एजेन्सी : 2018-02-20 13:39:09


नयाँदिल्ली, ८ फागुन :

भारतको बिहारमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु २४ जना घाइते भएका छन ।प्रहरी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने सक्ने समेत अनुमान गरिएको छ ।

चालकले नियन्त्रण गुमाएपछि सडकको छेउमा रहेको नालीमा खसेर बस दुर्घटना भएको थियो ।बिहारको राजधानी पटनामा पर्ने कन्डाप भन्ने ठाँउमा सोमबार राती सो दुर्घटना भएको अधिकारीहरुले बताएका छन ।

घटनास्थलमा स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरेका थिए । उद्धारकर्ताहरु घाइतेहरुलाई नालान्द मेडिकल कलेज एण्ड हस्पिटलमा उपचारका लागि लगेका थिए ।प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ भने दोषीलाई कारबाही गर्ने बताएको छ ।

भारतमा यस्ता सडक दुर्घटना धेरै नै हुनेगरेका छन । चालकको लापर्बाही, सडक र सवारी साधनको खराब अवस्थाका कारण धेरै दुर्घटना हुने गरेको अधिकारीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु