Wednesday, 26 September 2018 08:59 am, Nepal

बिग्रिए महानगरका सडक बत्ती

मेचीकाली : 2018-02-20 13:36:30


ललितपुर, ८ फागुन :

ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् । अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रयोगमा आएकामध्ये झण्डै ८० प्रतिशतको चिम बिग्रिसकेको बताउनुभयो ।

गत वर्ष स्थानीयवासीको जनसहभागितामा महानगरपालिकाले चिम हालेको थियो । कम क्षमताको ब्याट्रीका कारण चिम चाँडो बिग्रिएको छ भन्दै उहाँले भन्नुभयो, “स्थानीयवासीको गुनासो आएपछि म आफैँ पनि रातको समयमा गएर सडकका बत्ती हेर्दै आएको छु ।”

महानगरपालिकाका सडकमा बत्ती जडान गर्नका लागि धेरै संस्था इच्छुक भएको प्रमुख महर्जनले बताउनुभयो । महानगरपालिकाले भने गुणस्तरमा जोड दिएको छ । उहाँ भन्नुहुन्छ, “मैले काम गर्न चाहने संस्थालाई रातमा सबै बत्ती बाल्नुपर्ने र बत्ती चहकिलो हुनुपर्ने सर्त राखेको छु । काम गर्न चाहने संस्थासंग गुणस्तरको कुरा गरेपछि काम पछि हच्किदै आएका छन् । सडक बत्ती नहुँदा रातको समयमा सडक दुर्घटना हुने भन्दै ट्राफिक प्रहरीले पनि बत्ती जडान गर्न महानगरपालिकालाई भन्दै आएको छ । ”

महानगरपालिकाका भित्री भागमा धेरै ठाउँमा सडक बत्ती छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु