Tuesday, 19 June 2018 04:10 pm, Nepal

प्रधानमन्त्री देउवाद्वारा पदबाट राजिनामा

मेचीकाली : 2018-02-15 11:22:39


काठमाडौं, ३ फागुन :

प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो पदबाट राजिनामा दिएका छन् । राष्ट्रका नाममा टेलिभिजन संवोधन गर्दै देउवाले केहीबेरअघि पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् । राजिनामा घोषणा गर्दै उनले आफूले मुलुकका तीनवटै तहको चुनाव सम्पन्न गर्ने प्रतिवद्धता पुरा गरेको बताए । उनले अब मुलुक स्थिरतातर्फ अघि बढेको पनि बताए ।

चुनाव लगायतका कामका कारण विकास निर्माणका काम सोचेअनुसार अघि बढाउन नसकेको पनि देउवाले बताए । यसअद्धि बुधबार साँझ नै देउवाको सम्वोधन र राजीनामा आउने बताइए पनि अन्तिम समयमा रोकिएको थियो । प्रतिनिधिसभाको अन्तिम मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुधबार साँझ नै हस्तान्तरण गरेको छ । मतपरिणाम प्राप्त भएपछि नयाँ सरकार गठनका लागि कुनै संवैधानिक बाधा नभए पनि प्रधानमन्त्रीले ओपचारिकरुपमा राजिनामाको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु