Wednesday, 26 September 2018 03:05 am, Nepal

के के हुँदैछ धुलिखेल नगरको स्थापना दिवसमा ?

मेचीकाली : 2018-02-15 08:06:15


काभ्रे, ३ फागुन :

धुलिखेल नगरपालिकाले यही फागुन ५ गते नगरपालिकाको ३१ औ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाउने भएको छ । २०४३ साल फागुन ५ गते तत्कालिन धुलिखेल गाउँ पञ्चायतसहित श्रीखण्डपुर गाउँ पञ्चायत लगायतलाई समेटेर धुलिखेल नगर पञ्चायतको स्थापना भएको थियो । बहुदल स्थापनासँगै नगरपञ्चायत नगरपालिकामा स्थापित भएको थियो ।

नगरपालिकाको यसपटक ३१ औं स्थापना दिवस समारोह प्रदेश नंवर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हुने नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले जानकारी दिएका छन् । स्थापना दिवसको दिन बिहान १० बजे नगरपालिकामा प्रभातफेरि कार्यक्रम हुनेछ । स्थापना दिवसकै अवसर पारेर नगरपालिकाका पुर्वप्रमुख बेलप्रसाद श्रेष्ठलाई नगर रत्नले सम्मान गरिँदै छ । नगरपालिकाको स्थापना दिवसकै अवसर पारी धुलिखेलमा कथाकार गुरुप्रसाद मैनालीको शालिक निर्माणका लागि शिलन्यास तथा धुलिखेलमा स्तम्भ निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाका १२ वटै वडामा पार्क सहितको स्तम्भ निर्माण गर्ने योजना रहेको प्रमुख ब्याञ्जुले जानकारी दिए ।

यस्तै प्रत्येक शनिबार नगरपालिकाले सञ्चालन गर्न लागेको नगर सरसफाई कार्यक्रमको घोषणासमेत गरिने कार्यक्रम रहेको छ । स्थापना दिवसकै अवसरमा हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा निर्वाचित भएका सांसदलाई सम्मान गर्ने तय भएको छ । यस्तै नगरका उत्कृष्ट समाजसेवी, कवि, कृषक, विद्यालय, शिक्षक, सहकारी, सामाजिक संस्था, बाल क्लब, स्वास्थ्य स्वयंसेवी, सचेतना केन्द्र, उद्योगी, उत्कृष्ट करदाता, टोलसुधार समिति लगायतलाई सम्मान गरिँदैछ भने स्वर्गीय राजन कोइराला जनसेवी पुरस्कार पनि प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु