Friday, 23 February 2018 10:22 am, Nepal

समानुपातिक सूची सच्याउन ३ वटा राजनीतिक दललाई दुई दिनको समय

मेचीकाली : 2018-02-13 11:07:20


एमाले र फोरमको सूची स्वीकार
काठमाडौं, १ फागुन :

समानुपातिक  सांसदको सूचीमा त्रुटि भएको भन्दै निर्वाचन आयोगले त्यसलाई सच्याउनका लागि ३ वटा राजनीतिक दललाई दुई दिनको समय दिएको छ । कानुनअनुसार समावेशी समूह र क्रमआबद्धता नमिलेकाले सच्याएर नाम दिन आयोगले नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीलाई पत्राचार गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

एमाले र संघीय समाजवादी फोरमले बुझाएको सूचीलाई भने आयोगले स्वीकार गरेको छ । तीन वटा दलले भोलि साँझसम्म सूची सच्याएर आयोगमा पठाइसक्नुपर्नेछ ।  आयोग स्रोतका अनुसार काँग्रेसले पिछिडिएको क्षेत्रबाट २ जना प्रतिनिधित्व रहनुपर्नेमा नगराइएकाले त्यसलाई सच्याएर पठाउन आयोगले भनेको छ । आयोगले माओवादी केन्द्रलाई सच्याउन तीनबुँदे पत्र लेखेको छ । पिछडिएको क्षेत्रबाट १ जनाको प्रतिनिधित्व गराउनुपर्ने, खसआर्यबाट ५ जना हुनुपर्नेमा ६ जनाको राखेकाले घटाउनुपर्ने, मधेसी समुदायबाट ३ जनाको नाम हुनुपर्नेमा २ जनामात्र राखेकाले त्यसमा थप्न आयोगले भनेको छ ।

राजपाले माथिल्लो क्रममा रहेको व्यक्तिबाट आफू सांसद हुन इच्छुक नरहेको पत्र आयोगलाई पठाउन लगाएर त्योभन्दा मुनिको नाम पठाएकाले त्यसलाई आयोगले अस्वीकार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु