Tuesday, 21 August 2018 07:54 am, Nepal

मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ

मेचीकाली : 2018-02-12 12:58:13


हेटौँडा, २९ माघ :

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गर्नुभएको थियो । नेकपा (एमाले) का तर्फबाट मकवानपुर–१(ख)बाट निर्वा्चित हुनुभएका उहाँ प्रदेश नं ३ को संसदीय दलका नेता हुनुहुन्छ ।

शपथग्रहण समारोहमा ३ नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ उपसभामुख राधिका तामाङ नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जमरकट्टेल र प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश नं ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु