Wednesday, 23 May 2018 03:01 am, Nepal

ताइवान भूकम्पमा मृत्यु हुनेको संख्या १७ पुग्यो

एजेन्सी : 2018-02-11 16:41:59


ताईपाइ, २८ माघ :

ताइवानमा आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या १७ पुगेको ताइवानको हुआलेन राज्यका अधिकारीहरु आइतबार जानकारी दिएका छन ।ताइवानमा गत मंगलबार अबेर राती ६.५ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पबाट प्रभावितहरुलाई सहयोग, उद्धार र खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन ।

खोजी कार्यमा खटिएका अधिकारीहरुले खोजी कार्य अत्यन्त कठिन भएको बताएका छन् ।अहिलेसम्म मृत्यु भएका १७ जना मध्ये नौ जना चिनियाँ नागरिक रहेका छन, भने पाँच जना ताइवानीज नै रहेका छन । त्यसैगरी एक जना फिलिपिनियो र दुई क्यानडाली रहेका अधिकारीहरुले जनाएका छन् ।

भूकम्पमा परी कुल २८५ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने केही घाइतेहरु अस्पतालबाट फर्किसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु