Wednesday, 23 May 2018 03:12 am, Nepal

हङकङमा सडक दुर्घटना अठारको मृत्यु

एजेन्सी : 2018-02-11 16:40:56


हङकङ, २८ माघ :

चीनको विषेश प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १८ को मृत्यु भएको छ । दुई तले बस दुर्घटनामा परी अन्य ६२ जना घाइते भएको अधिकरीले जानकरी दिएका छन् ।अधिकरीका अनुसार घाइतेमध्ये दश जनाको अवस्था गम्भीर छ भने १५ जनालाई गहिरो चोट लागेको छ । केही भने सामान्य घाइते भएका छन् ।

प्रहरीले दुर्घटनामा परेको बसका ३० बर्षीय चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । घाइते र मृतकहरुलाई बसको माथिल्लो तलाबाट बाहिर निकालिएको उद्धारमा खटिएकाले जानकारी दिएका छन् । उनीहरुका अनुसार मृत्यु भएका मध्ये अधिकांशको टाउकोमा चोट लागेको थियो ।

शाटिनबाट ताई पोतर्फ जाँदै गरेको बेला स्थानीय समयानुसार बेलुका ६.१५ बजे ताई पो सडकमा दुर्घटना भएको थियो । दुर्घटना हुनु अगाडि बस अति तिब्र गतिमा दौडीएको केही यात्रुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु