Friday, 23 February 2018 10:14 am, Nepal

पचहत्तर प्रतिशत अनुदानमा किसानलाई किबी

मेचीकाली : 2018-02-11 16:39:03


नुवाकोट, २८ माघ :

बेलकोटगढी नगरपालिकाका किसानलाई किबी खेतीमा आकर्षित गराउन नगरपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेको छ ।नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिएको हो ।

चिनी रोग र उच्च रक्तचापका बिरामीलाई उपयोगी हुने यो फल रु ३५० प्रतिकिलो ग्रामका दरले बिक्री हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बागवानी विकास अधिकृत छविलाल शर्माले जानकारी दिनुभयो । नगरपालिकाले नगर क्षेत्रमा दुई हजार २०० किबीको विरुवा यस वर्ष वितरण गर्ने योजना अघि सारेको छ । वडा नं ९ मा २५० बोट बिरुवा एकै व्यक्तिले रोपेको र सामूहिक रुपमा पनि किबी खेती शुरु भएको अधिकृत शर्माले बताउनुभयो ।

उक्त नगरपालिकाको वडा नं १, ९, ११, र ४ नं वडाको माथिल्लो भेगमा किबी खेती विस्तार गरिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो । नगरपालिकाले किबी खेतीका लागि यस वर्ष रु तीन लाख बजेटसमेत विनियोजन गरी कार्यक्रम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु