Friday, 23 February 2018 10:10 am, Nepal

प्रदेशस्तरीय औद्योगिक व्यापार, पर्यटन तथा कृषि महोत्सव

मेचीकाली : 2018-02-10 09:45:52


सुर्खेत, २७ माघ :

प्रदेश नं ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि ‘प्रदेशस्तरीय व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४’ शुरु भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले महोत्सवको उद्घाटन गर्दै दैलेखको पञ्चकोशी, मुगुको रारा र हुम्लाको मानसरोवर जोड्ने कर्णाली करिडोरको विकास गर्नुपर्ने औँल्याउँदै विकासका लागि सरकार तथा निजी क्षेत्रलाई सहकार्य गरेर अघि बढ्न अनुरोध गर्नुभयो ।

महोत्सवमा ४०९ कक्ष रहेको मूल समारोह समितिका संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ ६ नं प्रदेश समितिका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिनुभयो । महोत्सव आगामी फागुन ८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु