dashain
Wednesday, 17 October 2018 03:38 pm, Nepal

धारा निर्माण गर्ने मनकारी दाता

मेचीकाली : 2018-02-08 13:02:55


अछाम, २५ माघ :

अछामको चौरपाटी गाउँपालिका वडा नं ६ दुनीमा एक स्थानीयवासीले आफ्नै लगानीमा खानेपानीको धारा निर्माण गरेका छन् । स्थानीय तुले साउदले चौखुट्टे बजारबाट दुनी जाने बाटोमा रहेको सिमशैलीमा आफ्नो व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गर्नुभएको हो ।

करिब रु ८० हजार व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गरेको साउदले बताउनुभयो । पानीको मुहान संरक्षण गर्न तथा आउने जाने बटुवा र स्थानीयवासीलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको हो ।

साउदले धारा निर्माण गरेपछि स्थानीयवासीलाई नुहाउन र बटुवालाई पानी पिउनसमेत निकै सहज भएको स्थानीयवासी भानसिंह साउदले बताउनुभयो । यस्तै उक्त कार्यले पानीको मुहान संरक्षणमा समेत टेवा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु