Wednesday, 26 September 2018 03:02 am, Nepal

त्रिशूलीमा दूध ट्यांकर खस्दा दुईको मृत्यु

मेचीकाली : 2018-02-08 13:01:05


चितवन, २५ माघ :

चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा आज बिहान ट्रकसँग ठोक्किएर एउटा दूध ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्यांकरका चालक नवलपरासी कोल्हुवाका ३० वर्षीय सन्तबहादुर कुमाल र उनका भतिजा २२ वर्षीय लिलाकुमाल रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनबाट पोखरातर्फ जाँदै गरेको बा४ ख ६९५३ नम्बर दूधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृतक दुवै जनाको शव पानीबाट निकालिएको छ । बिहान करिब ५ः५५ बजेको समयमा उक्त दुर्घटना भएको हो । अहिले घटनास्थलमा उद्धारका लागि प्रहरीटोली परिचालन गरिएको छ । सशस्त्र जनपद प्रहरीले उद्धारको काम गरिरहेका छन् । घटनास्थल नारायणगढबाट १६ किमी मुग्लिनतर्फ पर्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु