Friday, 22 June 2018 01:08 pm, Nepal

आज राष्ट्रिय सभाको चुनाव

मेचीकाली : 2018-02-07 08:44:32


३२ पदका लागि मतदान हुँदै
काठमाडौं, २४ माघ :

राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन हुँदै छ । ३२ सदस्यीय पदका लागि निर्वाचन हुन लागेको हो । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यक्रम तय गरिएको छ । प्रत्येक प्रदेशमा कम्तीमा तीन महिला, अन्यतर्फ तीनजना, एक दलित र एक अपांगता (अल्पसंख्यक) सहित आठजना निवार्चित हुने व्यवस्था छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ सदस्य निर्वाचनको माध्यमबाट र बाँकी तीन सदस्य राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक प्रावधान छ । ५६ मध्ये २४ जना निर्विरोध निवार्चित भएकाले बाँकी ३२ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी एक हजार पाँच सय ६ र सातै प्रदेशबाट निर्वा्चित प्रदेश सभा सदस्य पाँच सय ५० गरी कुल दुई हजार ५६ मतदाता छन् । प्रदेश २ बाट आठजना राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वा्चित भइसकेकाले अन्य ६ प्रदेशमा मात्रै निर्वाचन हुने आयोगले जनाएको छ । आयोगले प्रदेश २ बाहेकका प्रदेशमा उच्च अदालत रहेका ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

प्रदेश १ को विराटनगर, ३ को ललितपुरको पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज निर्वाचनपछि तत्काल मतगणना सुरु गरिने र ढिलोमा २५ गतेसम्म सबै स्थानको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी रहेको आयोगका प्रवक्ता नबराज ढकालले सीआइएनलाई जानकारी दिनुभयो । ३२ जना निर्वािचत गर्नका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु