Friday, 23 February 2018 10:12 am, Nepal

भूकम्प पीडितले थप अनुदान तत्काल नपाउने

मेचीकाली : 2018-02-01 09:41:45


काठमाडौं, १८ माघ :

पछिल्लो पटक सरकारले थपेको अनुदान रकम तत्काल भूकम्प पीडितले नपाउने भएका छन् । सरकारले केहि दिनअघि भूकम्प पीडितलाई थप एक लाख रुपँैया अनुदान दिने निर्णय गरेको भएपनि उनीहरुले अनुदान वापतको रकम नपाउने भएका हुन् । सरकारको निर्णय अनुसार पीडितलाई अनुदान दिन चालु आर्थिक वर्षमा सम्भव नभएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुषालले बताउनुभयो ।

भुषालले भन्नुभयो,‘ नेपाल सरकारले निर्णय गरिसकेपछि हामीले कार्यान्वयन त गर्ने नै हो, त्यसमा कुनै समस्या छैन । तर समस्या कहाँनेर छ भने घोषणा गरिएको रकम नीजि आवास निर्माणका लागि हो कि, जीविकोपार्जनका लागि हो भने खुलाइएको छैन ।’ निर्णय भएर सञ्चारमाध्यममा आएपनि आफूहरुकहाँ आधिकारीक ‘डकुमेन्ट’ नआइसकेकाले अहिलेनै केही भन्न नसकिने भुषालको भनाइ छ । सरकारको निर्णय अनुसार एक लाख रुपैयाँ अनुदान थप्दा करिब एक खर्ब रुपैयाँको भार पर्न जाने उहाँले बताउनुभयो । पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म अनुदानका लागि लाभग्राहीको संख्या सात लाख ६७ हजार छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु