dashain
Wednesday, 17 October 2018 07:00 am, Nepal

खडेरिका कारण जुम्लामा २५ हेक्टर क्षेत्रफल वनमा डढेलो फैलियो

मेचीकाली : 2018-01-23 13:22:30


जुम्ला, ९ माघ :

खडेरिका कारण जुम्लामा वनमा डढेलो लाग्ने क्रम बढेको छ । जिल्लाका विभिन्न सामुदायीक वनहरुमा गरि झन्डै २५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको जिल्ला वन कार्यालय जुम्लाले जनाएको छ । यसअघि पुस÷माघको समयमा वनजंगलहरु हिउँले भरिने भएकाले आगलागी हुँदैन थियो । यो वर्ष हिउँ नपर्दा डढेलो फैलिएको बताइएको छ ।

जिल्लाका बोहरागाउँ, धिता, चिमारा, पट्मारा र तातोपानी लगाएतका वनमा डढेलो लागेको खबर आएको निमित्त जिल्ला वन अधिकृत दिपकजंग खत्रीले जानकारी दिनुभयो । वन डढेलो लाग्नुको प्रमुख कारण मानविय लापर्वाही उहाँको भनाइ छ । डढेलोका कारण हिजोआज जताततै रुखविरुवा तथा जडीबुटी नष्ट भइरहेको निमित्त प्रमुख खत्रीले बताउनुभयो ।

खडेरिका कारण आगलागी हुने र आगलागीकै कारण फेरि खडेरी पर्ने प्रक्रिया चल्न सक्ने भएकाले वनमा डढेलो लाग्न नदिन जिल्ला बन कार्यालयले सबैमा अनुरोध गरेको छ । आगो लागेको देखिहालेपनि नजिकैको प्रहरी वा वन कार्यालयलाई खबर गरी तत्काल निभाउन पहल गर्न कार्यालयले अनुरोध गरेको हो । जानीजानी यदी कसैले आगो लगाएको पाइएमा १ वर्ष कैद वा १० हजार सम्मको जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको समेत उहाँले जानकारी गराउनुभएको छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु