Wednesday, 26 September 2018 03:26 am, Nepal

कालिकोटमा भाइरल ज्वरोको महामारी

मेचीकाली : 2018-01-21 08:43:47


कालिकोट, ७ माघ :

कालिकोटमा दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएको छ  । तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका तीनै जना बालबालिका रहेका छन् । भाइरल ज्वरोका कारण सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ वडामा मात्रै ८ सय १४ जना बिरामी भएका छन् ।

वडा २ मा २ सय ७० र वडा ४ मा ५ सय ४४ भाइरल ज्वरोका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. कौशल अलीले जानकारी दिनुभयो । डाक्टर अलीका अनुसार बिरामी पर्नेमा अधिकांश बालबालिका रहेका छन् । बिरामीमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण देखिएको छ । शनिबार वडा २ मेग्रमा डा. नहकुल शाहीको नेतृत्वमा ८ जना र वडा ४ ताडी दलित टोलमा जिल्ला स्वास्थ्य प्रमुख डा. अलीको नेतृत्वमा ८ स्वास्थ्यकर्मीले बिरामी पहिचान गरेको निमित्त प्रजिअ राजकुमार दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार भाइरलको महामारी भएकाले थप स्वास्थ्यकर्मी र औषधि माग गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु