Friday, 23 February 2018 10:21 am, Nepal

उत्तर-दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार

मेचीकाली : 2018-01-18 14:26:58


सोल, ४ माघ :

उत्तर र दक्षिण कोरिया उनीहरु दुई देशका रुपमा टुक्रिएपछि पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएको छ । आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झण्डामा मार्च गर्न सहमत भएको बताइएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियामा हुन लागेको उक्त शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारीहरु पठाउने जानकारी यसअघि नै दिइसकेको छ ।उक्त ओलम्पिक खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकारहरु पनि जाने भएका बताइएको छ । यसरी उत्तर कोरियाली प्रतिनिधिमण्डल ठूलो हुने भएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाले यस खेलकूदमा उत्तरले बढी भन्दा बढी खेलाडी र अधिकारीहरु पठाओस र जसले गर्दा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन सकियोस भन्ने आग्रह गरेको थियो ।उक्त आग्रहजस्तै उत्तर कोरियाले खेलाडी र अधिकारी पठाउने भएको हो । यतिमात्र नभएर उत्तर र दक्षिण कोरियाले उक्त खेलकूदमा एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्च गर्न सहमति जनाएकोले उक्त खेलकूदलाई एक किसीमले भन्दा सौहार्द वातावरणको रुपमा लिन सकिने पर्यवेक्षकहरुले जनाएका छन् ।

यसका साथै युद्धविराम गाउँका रुपमा चिनिने पाममुनजोममा जनवरी ९ मा भएको एक उच्चस्तरीय कोरिया वार्तापछि तिनीहरुले आइस हकी खेलको महिला तर्फको प्रतिस्पर्धामा संयुक्त टोली समेत प्रस्तुत गर्ने सहमति पनि जनाएका छन् ।

यी दुई देशबीच यो स्तरको वार्ता करिब २ वर्षयता पहिलो पटक भएको थियो । सो वार्ताले सकारात्मक वातावरण निर्माण गरेपछि यसै हप्ता पनि दुई देशका अधिकारीहरुबीच कार्य समूहको अर्काे वार्ता पनि भएको थियो ।

यी दुई वार्तापछि उत्तर कोरियाले सो ओलम्पिक खेलमा आफ्ना खेलाडी पठाउन सहमत भएको थियो । यससँगै दुई वर्षयता पहिलो पटक यी दुई देशबीच शान्तिपूर्ण समझदारीको विकास पनि हुन पुगेको बताइएको छ ।

यसरी विकसित सम्बन्धलाई जापानले शङ्कास्पद रुपमा हेरेको बताइएको छ । उता दुवै देशका तर्फबाट एक खेलमा संयुक्त खेलाडी प्रस्तुत गरिएको घटनालाई दक्षिण कोरियाका परम्परावादी समाचारमाध्यम र केही उच्च पदस्थ अधिकारीले पनि त्यसो नगर्न भनेका छन् ।

उनीहरुले उत्तर कोरियालाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले बढी महत्व दिएको भन्दै त्यसो नगर्न उहाँको ध्यानाकर्षण गराउन दश हजार जना भन्दा बढी नागरिकले अनलाइन हस्ताक्षर पनि बुझाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु