Sunday, 27 May 2018 05:16 am, Nepal

जागिरको अवधी नथपिएपछि सामाजिक परिचालकको आन्दोलन

मेचीकाली : 2018-01-18 08:47:13


काठमाडौं, ४ माघ :

सामाजिक परिचालक कर्मचारी संघले सामाजिक परिचालकलाई स्थानीय तहमा समायोजन गर्नु पर्ने माग राख्दै आन्दोलन गरिरहेको छ । पाँच दिन देखि शुरु भएको आन्दोलनका क्रममा आज प्रधानमन्त्री निवास बालुवाटार अघि धर्ना दिने कार्यक्रम रहेको छ ।

सरकारले पुस १४ गते देखि सामाजिक परिचालकलाई जागिर अवधी नथप्ने निर्णय गरेपछि आन्दोलन शुरु भएको हो । आन्दोलनका क्रममा देश भर बाट ५ सय भन्दा धेरै सामाजिक परिचालक राजधानीमा जम्मा भएका छन् । देशभरमा ४ हजार ७ सय भन्दा धेरै सामाजिक परिचालक कार्यरत थिए । उनिहरुले स्थानीय निकाय जनप्रतिनीधि विहिन भएका बेला स्थानीय निकायमा सहजिकरणको काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु