Friday, 23 February 2018 10:21 am, Nepal

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

मेचीकाली : 2018-01-18 08:45:18


काठमाडौं, ४ माघ  :

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएरातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रोलमा  एक, डिजल र मट्टितेलमा दुई रुपैयाँ मूल्य बढ्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।

 मूल्य बढेपछि अब पेट्रोल प्रतिलिटर १०३ र डिजल तथा मट्टितेल ८१ रुपैयाँ पर्नेछ । आयलनिगमले भने अन्तराष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ । भट्टराईका अनुसार जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो । प्रत्येक १५ दिनमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमात्रै आइओसीले पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु