dashain
Wednesday, 17 October 2018 03:40 pm, Nepal

घोडा चोरेको आरोपमा पक्राउ

मेचीकाली : 2018-01-16 17:07:53


अछाम, २ माघ :

रु २० लाखभन्दा बढी मूल्य पर्ने घोडा चोरी गरी फरार रहेको अभियोगमा हुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको बलिया बलचौरबाट २२ घोडा चोरी गरी अछाम पु¥याउने धर्मराज सन्ज्याललाई नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । चोरीका घोडा कैलालीको सुगरखाल हँुदै अछामतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी भैरवस्थानको टोलीले सन्ज्याललाई पक्राउ गरेको हो ।

हुम्लाबाट चिसो छल्न कैलाली लगिएका अदानलचुली गाउँपालिकाका ती घोडा सन्ज्यालले गत पुस २६ गते चोरी गरी अछाम पु¥याएका थिए । अभियुक्त सन्ज्याललाई सोधपुछपछि घोडासहित इलाका प्रहरी कार्यालय लम्की कैलालीलाई बुझाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु