Sunday, 19 August 2018 09:26 pm, Nepal

आज माघे संक्रान्ति र माघी पर्व मनाइँदै

मेचीकाली : 2018-01-15 08:39:11


काठमाडौं, १ माघ  :

आज माघ महिनाको पहिलो दिन माघे संक्रान्ती र माघी पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिएको छ । आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।

 यी परिकार खाँदा जाडोमा न्यानो प्रदान गर्ने मान्यता रहेको  छ भने त्रिदोष नाश हुने धार्मिक विश्वास पनि छ । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ । आज विहानै बाट बाग्मती, देवघाट, त्रिशूली, कालीगण्डकी, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा मेला लाग्नुका साथै माघ स्नान गर्ने भक्तजनको भीड पनि लागेको छ । यसैबिच  थारु समुदायमा माघी महोत्सवको रौनक छ ।
थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ मनाइरहेका छन् । उनिहरुले स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाउने चलन छ । काठमाण्डौ सहित तराईका विभिन्न जिल्लामा नयाँ वर्षको स्वागतमा थारु समुदायले विविध कार्यक्रमको आयोजना गरेका छन् । मगर समदायले पनि आज माघे संक्रान्ति मनाउँदैछन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु