Wednesday, 21 February 2018 01:07 pm, Nepal

संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु

मेचीकाली : 2018-01-14 17:48:26


संखुवासभा, ३० पुस :

संखुवासभाको मकालु गाउँपालीका स्थित पाथीभराको समाटारमा आज दिउँसो दिउँसो १२ बजे जिप दुर्घटना हुँदा मकालु गाउँपालीकाका अध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ । संखुवासभाको भोटखोला गाउँपालीका स्थीत हटिया गोलामा एक दिने भुकम्प सम्वन्धी अनुशिक्षणमा जाने क्रममा उनिहरु चढेको बा ५ च १३०९ नं.को बुलेरो जिप भिरबाट करिव ३ सय मिटर तल अरुण नदीमा खसेको थियो ।  

दुर्घटनामा मकालु गाउँपालीकाका अध्यक्ष खड्ग बहादुर कटुवाल, पाथीभरा हेदाङ्नाका सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका कार्यक्रम अधिकृत सुवासचन्द्र कुईंकेल, भुकम्पीय आवास पुननिर्माण आयोजनाका २ कर्मचारी र चालक समेतको मृत्यु भएको जनाईएको छ । भुकम्प सम्वन्धी कार्यक्रममा काठमाण्डौबाटै आएकाले उनिहरुको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । सदरमुकाम खाँदबारीबाट ७० किलोमिटर उत्तरमा रहेको पाथीभराको वडा नं. ३ स्थित समाटारको घुम्तिमा दुर्घटना भएको जिप ५ सय मिटर तल अरुण नदिमा खसेको स्थानियवासीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु