Friday, 23 February 2018 10:13 am, Nepal

तलाउमा बस खस्दा भारतमा आठ जनाको मृत्यु

मेचीकाली : 2018-01-13 13:30:47


नयाँदिल्ली, २९ पुस :

भारतको दक्षिणी राज्य कर्नाटकमा एउटा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।पुल तर्दै गर्दा शनिबार तलाउमा बस खसेको र अरु १० जना घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।कर्नाटक राज्यको राजधानी बैङलुरुदेखि २५० किलोमिटर टाढा पर्ने हास्सान जिल्लामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको सरकारी बसमा चालक र सहयोगीसहित ५० जना यात्रु रहेका थिए ।तिब्र गतिमा रहेको बसको चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको प्रारम्भिक विवरणबाट देखिएको एक जना वरिष्ठ प्रहरी अधिकारीहरुले बताएका छन् ।

मृत्यु भएका मध्ये दुई जना महिला रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । बैङलुरुबाट धर्मास्तला जादै गर्दा बस दुर्घटना भएको हो । भारतमा चालकको लापर्बाही, खराव अवस्थाको सडक र सवारी साधनका कारण ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ भने बर्षेनी हजारौंको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु