Monday, 22 January 2018 08:04 am, Nepal

रुससँग जारी सीमा विवाद छिट्टै सुल्झाइने

एजेन्सी : 2018-01-12 16:06:25


मिन्स्क, २८ पुस :

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले रुससँग भएका सीमा विवादहरु वार्ताका माध्यमबाटै जतिसक्दो चाँडै सुल्झाउने बताउनुभएको छ ।सरकारद्वारा सञ्चालित समाचार संस्था टेलेग्राफले जनाएअनुसार विगतदेखि रुससँग जारी रहेको सीमा विवादलाई वार्ताको माध्यमबाट समाधान गर्ने योजना सरकारले बनाएको छ ।

उहाँले गत जनवरी १७ मा बेलारुसले ३९ वटा युरोपियन राष्ट्रसहित ८० वटा राष्ट्रका नागरिकलाई पाँच वर्ष प्रवेशआज्ञा दिइने नयाँ योजना सार्वजनिक गरेको पनि जानकारी दिनुभयो ।लुकासेन्कोले मिन्स्कमा भएको एक प्रेस सम्मेलननमा बेलारुसमा प्रवेशाज्ञामा नियमितता ल्याइएको बताउनुभएको छ । रुस र बेलारुसबीचको सीमालाई युरोपमा बलियो सीमाका रुपमा लिने गरिन्छ ।

राष्ट्रपतिले बेलारुस र रुसका कानून निर्माताहरुले रचनात्मक र एक सुव्यवस्थित समन्वय एकाइ राख्नु आवश्यक भएको बताउनुभएको छ ।बेलारुसले र रुसले सन् १९९५ मा भएको सम्झौतापछि नै सीमा नियन्त्रण गर्न छाडेको थियो । यथार्थमा रुस र बेलारुसको सीमाबाट तेस्रो मुलुकको नागरिक प्रवेशमा सन् २०१६ बाट रुसले कडाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु