Monday, 22 January 2018 08:24 am, Nepal

शीतलहरका कारण बारामा अहिलेसम्म ४ को मृत्यु

मेचीकाली : 2018-01-12 10:37:44


निजगढ, २८ असोज :

शीतलहरका कारण बारामा जाडोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । बाराको सिम्रौनगढ नगरपालिकामा दुई जना र बारागढी गाँउपालिका र प्रसौनीमा एक÷एकको मृत्यु भएको छ । विहीबार सिम्रौनगढ–९ बसबरियाका ६५ वर्षिय नन्दलाल यादवको मृत्यु भएको स्थानीय अरविन्द यादवले जानकारी दिनुभयो ।

सोमबार बेलुकी सिम्रौनगढ–८ कचोर्वाका ६० वर्षिय अनसिक राय यादब, बारागढी–१ पिपरा बसतपुरका ७० वर्षिय लक्ष्मण मिश्र र आईतबार प्रसौनी गाँउपालिकाका १४ वर्षिय अमरराज कुशवाहाको मृत्यु भएको थियो । अनसिक धार्मिक कार्यक्रमबाट प्रसाद खाएर घर फर्किने क्रममा मृत्यु भएको उहाँका दाजु बौवालाल यादवले जानकारी दिनुभएको छ ।
प्रसौनी–२ का कृष्णप्रसाद कुश्वाहका १४ वर्षिय छोरा अमरराज कुश्वाहको क्रिकेट खेलिरहेको अवस्थामा मृत्यु भएको हो । आईतबार बेलुकी ५ बजे क्रिकेट खेल्ने क्रममा अचेत भएका कुश्वाहको खेलमैदानमा नै मृत्यु भएको शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बाराले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदावारले भने जाडोबाट मृत्यु भएको आधिकारिक जानकारी नभएको प्रतिकृया दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु