Wednesday, 25 April 2018 08:12 pm, Nepal

सर्वसाधारणलाई जोखिममा पार्दै सञ्चालनमा रहेका काभ्रेका तीनवटा ग्यास उद्योग वन्द गर्न निर्देशन

मेचीकाली : 2018-01-05 16:28:09


काभ्रे, २१ पुस :

मापदण्डविपरित सर्वसाधारणको ज्यान जोखिममा पार्दै सञ्चालनमा रहेका काभ्रेका तीनवटा ग्यास उद्योग वन्द गर्न निर्देशन दिइएको छ । आज अनुगमन गरेपछि नेपाल नापतौल तथा गुणस्तर विभागले सगरमाथा ग्यास उद्योग, सुर्य ग्यास उद्योग र चण्डेश्वरी ग्यास उद्योग वन्द गर्न निर्देशन दिएको हो । तीनवटै उद्योग बनेपा नगरपालिका १० मा सञ्चालनमा रहेका छन् ।

विभागका निर्देशक मनोजकुमार उपाध्यायले ग्यासको उत्पादन र विक्रि वितरण गर्न रोक लगाइएको विभागका निर्देशक मनोजकुमार उपाध्यायले जानकारी दिए । यी उद्योगमा भएको अनुगमनको क्रममा सरकारको गुणस्तर चिन्ह एनएस र सरकारी मापदण्डलाई मिच्दै विग्रिएका पुराना र ग्यास लिक भएका सिलिन्डर बजारमा पठाएको भेटिएको छ ।सगर ग्याँस उद्योगका संचालक सावरमल अग्रवाल हुन् । यस्तै, सूर्य र चण्डेश्वरी ग्याँस उद्योगका संचालक बिष्णुहरी कक्षपती हुन् ।

जिल्लाका ग्याँस कम्पनीका लापरवाहीको कारण जुनसुकै बेला ठुलो दुर्घटना हुन सक्ने स्थानीयहरुले बताएका छन् । दुर्घटना भएमा उग्रतारा जनागाल, उग्रचण्डी, टुकुचा, नसिका साँगा र बनेपा नगरपालिकाका सर्वसाधारणहरु प्रभावित हुनेछन्् । नियम विपरित स्थापित सगर ग्यास उद्योगले ४० टन उत्पादन क्षमता भएको उत्पादन क्षमता बढाएर २ सय टन बनाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु