Monday, 22 January 2018 08:25 am, Nepal

बढ्दो चिसोले जनजिवन प्रभावित

मेचीकाली : 2017-12-18 09:54:53


काठमाडौं, ३ पुस :

पुष लागेसंगै राजधानी सहित देशभर चिसो बढेको छ । चिसोका कारण तराई र हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । हुस्सुका कारण तराईको जनजीवनमा प्रभाव परेको छ भने हिउ र चिसोले हिमाली क्षेत्रका मानिसको जनजीवन कष्टकरण बनेको छ ।  

तराईका सर्लाही, महोत्तरी, धनुषा, रौतहट लगायतका जिल्लाहरुमा हुस्सु लाग्न सूरु भएकाले चिसो बढेको छ । हिजोअस्ती मधुरो घाम लागेपनि आजभने तराईको मौसम बिहानैदेखि धुम्मिएको थियो  । चिसोले मजदुर, किसान, स–साना बालबालिका र वृद्धबृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । तातो पानी तथा तातो झोलीलो खानेकुरा धेरै खान तथा न्यानो कपडा लगाँउन र चिसोमा नबस्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु